लेकसाइडको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
पाेखरा | माघ २८, २०७९
पोखरा: पोखरा महानगरपालिका ६ बैदाम लेकसाइडमा दिउसो देखि लागेको आगलागी नियन्त्रणमा आएको छ ।
पोखराको लेकसाइडस्थित सेलवेज सेन्टरमा शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
लेकसाइड सेलवेज टावरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टको अण्डरग्राउण्डबाट शुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४ वटा दमकल र १५ वटा पानी ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

